काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आइतबार बस्ने केन्द्रीय समितिको बैठकबाट दुई पटक मात्रै प्रधानमन्त्री बन्ने प्रस्ताव पास हुने दाबी गरेका छन्। उनले आज शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन यस्तो बताएका हुन् ।
प्रधानमन्त्री जतिसुकै लोकप्रिय बनेपनि उसले दुई पटक भन्दा बढी बन्न नपाउने व्यवस्था हुनुपर्ने उनको प्रस्ताव छ। शर्माले अहिले केही समस्या रहेको भएपनि त्यसलाई छलफलबाट सहमतिले पास गरेर जाने उल्लेख गरे। महामन्त्री शर्माले एक पटक राष्ट्रपति बन्न पाउने र दुई पटक मात्रै प्रधानमन्त्री बन्न पाउने दृष्टिकोण बनाएर जानसके भविष्यमा सबै राजनीतिक दलहरुलाई प्रभाव पार्ने समेत बताए।


