काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले संविधान संशोधन हुनसक्ने अवस्था रहेको तर्क गरेका छन् । पूर्व प्रधानमन्त्री उनले शनिबार काठमाडौं आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन् ।
सभापति देउवाले अहिलेको संविधान समावेशी रहेको उल्लेख गर्दै समानुपातिकतालाई अझै राम्रो गर्नेगरी संशोधन गर्ने बताए । उनले निर्वाचनबाट जितेर आउन नसक्नेहरु पनि रहेकाले उनीहरुको समावेशिताका लागि पनि समानुपातिकतालाई अझै राम्रो अध्ययन गरी संशोधन गर्ने बताए ।
संविधानमा भएका कमी, कमजोरीलाई सच्याइने र प्रजातन्त्र र मानव अधिकार पहिलो प्राथमिकता भएको देउवाको भनाइ छ ।


