काठमाडौं । आज दिउँसो १ बजे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दै छ ।
पार्टीको कार्यवहाक प्रवक्ता मनिष झाका अनुसार आजको बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक विषयमा छलफल हुनेछ । यसका साथै राष्ट्रिय भेलामा सहभागिताका लागि आएको प्रतिनिधिको नाम र रिपोर्टबारे कार्यवाहक महामन्त्रीबाट अपडेट गराउने बैठकको एजेन्डा रहेको उनले जानकारी दिए ।
राष्ट्रिय भेलाको प्रस्तावित कार्यतालिकामा छलफल, भेलाको हालसम्मको तयारी प्रस्तुत र छलफल, राष्ट्रिय भेलामा प्रस्तुत हुने प्रतिवेदनहरू बैठकमा प्रस्ताव गर्दै आवश्यक छलफल हुने झाले बताए ।


