काठमाडौं । सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा पेश गरिँदैछ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले शुक्रबार नै पार्टी कार्यालय काठमाडौंमा पक्राउ गरेर लामिछानेलाई कास्की लगेको थियो ।
हिजो सार्वजनिक बिदा परेका कारण आज मात्रै जिल्ला अदालत कास्कीमा उपस्थित गराइने प्रहरीले जनाएको छ । लामिछाने पक्राउ परेसँगै रास्वपाले सडक प्रदर्शन गरेकोले पोखरामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।


