काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीले आज पनि पोखरामा प्रदर्शन गरेको छ । रास्वपाले आफ्नो पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा पोखराको पृथ्वीचोकमा प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरुले ‘सहकारीपीडितलाई न्याय दे’, ‘माफियाहरुलाई कारबाही गर’, ‘भ्रष्ट सरकार मुर्दावाद’लगायत नारा लगाएका थिए ।
सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई आइतबार कास्की अदालत पेस गरिएको थियो ।
अदालतमा भएको थुनछेक बहसपछि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको छ ।


