काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख रुपैयाँ पुर्याइने बताएका छन् । मन्त्री पौडेलले सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिएका हुन् ।
‘स्वास्थ्य बीमामा पाँच लाखको व्यवस्था गर्नेछु, त्यसले बिरामीलाई सहयोग हुनेछ,’ उनले एकीकृत र एकद्धार प्रणालीबाट मात्रै बीमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।


