काठमाडौं । सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा अनुसन्धानका लागि अर्का एक इन्स्पेक्टर पक्राउ परेका छन् ।
पोखराका एसपी श्यामबाबु ओलियाका अनुसार तनहुँस्थित सशस्त्रको २३ नम्बर गणमा कार्यरत इन्स्पेक्टर विवेक जोशीलाइ पक्राउ गरिएको छ । पक्राउ परेका जोशीलाइ कास्की ल्याइएको उनले जानकारी दिए ।
महत कास्कीमै मृत अवस्थामा फेला परेकी थिइन् । कास्की प्रहरी स्रोतका अनुसार, महतले सशस्त्र प्रहरी बलकै एक इन्स्पेक्टरसितको प्रेम सम्बन्धमा खटपटका कारण आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको थियो ।


