काठमाडौं । गुहमन्त्री रमेश लेखकले राजावादीको निसानामा परेको तीनकुने-कोटेश्वर क्षेत्रको क्षतिग्रस्त निजी घर, अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयको निरीक्षण गरेका छन् ।
शनिबार बिहान गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक दिपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई साथमा लिएर गृहमन्त्री लेखक तीनकुने स्थित अन्नपूर्ण पोस्ट्को क्षतिग्रस्त कार्यलयको निरीक्षण गरेका थिए।
पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतन्त्रको महत्वपूर्ण अंग सञ्चारमाध्यमलाई ध्वस्त पार्ने कोसिस गरेको भन्दै सरकारले गम्भीरतापूर्वक लिएको बताए ।


