काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने जिकिर छन् ।
उनले शुक्रबार नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति झापा क्षेत्र नं ४ प्रदेशसभा (१)को कार्यालय भवनको शुक्रबार उद्घाटन कार्यक्रमलाई सम्बोधनका क्रममा यस्तो बताएका हुन् ।
राजसंस्थाले आधाभन्दा धेरै जनसंख्या भएका महिलालाई राजा हुनबाट वञ्चित गराएको उल्लेख गर्दै उनले अब एकल जाति, लिंगीलाई फेरि पनि देशको शासन व्यवस्थामा ल्याउने कुरा केवल गफ गर्ने मेलो मात्र हुने उनको भनाइ थियो ।


