काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गभर्नर नियुक्ति पनि बिचौलियाले गर्ने हो कि भन्ने चिन्ता भएको बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले राजनीतिक दलभन्दा पनि निश्चित बिचौलालियाले गनर्भनर बनाउने चिन्ता रहेको बताएका हुन्।
त्यस्तै उनले संख्याकै आधारमा सरकार बलियो नहुने बताए। ‘एकदमै बलियो सरकार बन्यो भनिरहेका छौँ । प्रत्येक सरकार बलियो हुन्छ । दुईतिहाइ संख्याको हिसाबले बलियो हुने भए योभन्दा अघिको सरकार बलियो थियो,’ उनले भने।


