काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार र महासङ्घ बीच भएका सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गर्न सरकारसँग आग्रह गरेका छन् ।
उनले आइतबार आफ्नो सामाजिक सञ्जालमार्फत यस्तो माग गरेका हुन् । शिक्षा ऐन जारी गर्न गर्न माग गर्दै नेपाल शिक्षक महासङ्घको अगुवाइमा बुधबारदेखि काठमाडौंमा सडक आन्दोलनलाई जारी छ ।


