काठमाडौं । अघिल्लो हप्तादेखि काठमाडौं उपत्यकाको वायु प्रदुषण निरन्तर उच्च रहेको छ ।
सोमबार बिहान पौने ६ बजे ‘एयर क्वालिटी इन्डेक्स’को मापनअनुसार काठमाडौँ उपत्यकाका वायु प्रदूषणमा विश्वकै दोस्रो स्थानमा देखिएको हो।
यतिबेला वायु प्रदूषणको दृष्टिले भारतको राजधानी दिल्ली विश्वमै पहिलो स्थानमा छ भने पाकिस्थानको लाहोर तेस्रो स्थानमा छ।
इन्डेक्सका अनुसार अहिले काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई २१३ छ। प्रदूषणमा पहिलो स्थानमा रहेको दिल्लीको एक्यूआई अहिले २६० छ। भोलिबाट भने काठमाडौंमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ ।


