काठमाडौं । साताको पहिलो दिन सोमबार सेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ३२.४५ अंकले घटेर २६७०.९४ विन्दुमा कायम भएको छ।
आज ३२२ कम्पनीको १ करोड १४ हजार ८६६ कित्ता सेयर ५ अर्ब ६५ करोड ८९ लाख ७३ हजार ७६६ रुपैयाँमा खरिदबिक्री भए।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्सको ५० करोड ३६ लाख मूल्य बराबरको सेयर कारोबार भयो। एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले ४३ करोडको कारोबार गर्दा नेपाल रिइन्स्योरेन्सले ३३ करोड,राधी विद्युतले २८ करोड र हिमालयन पावरले २१ करोड मूल्य बराबरको सेयर कारोबार गरे।


