काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
मंगलबार बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने सभामुख रामचन्द्र मण्डलको सचिवालयले जनाएको छ।
मधेस प्रदेशसभा बैठकलाई सम्बोधन गर्न प्रधानमन्त्री मंगलबार बिहान साढे १० बजे नेपाली सेनाको हेलिकप्टरमार्फत् जनकपुर जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।


