काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टीभित्रको समीक्षा हुन नसक्दा लक्ष्यमा पुग्न कठिन भएको बताएका छन् ।
संस्थापनइतर समूहका नेतासमेत रहेका उनले मंगलबार नेपाली कांग्रेस चितवनले चितवनमा आयोजना गरेको ३५औँ जनआन्दोलन दिवसको सन्दर्भ तथा नयाँ वर्ष ०८२ को शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले सरकारले गरेका काम कारबाहीका कारण जनता आक्रोशित भएको समेत बताए । अहिले दिनहुँ जनता सडकमा आउनुपर्ने बाध्यताको अन्त्य गर्न सकेमा मात्र सरकारमा भएको अनुभूति हुने उनको भनाइ थियो ।


