काठमाडौं । केही दिनदेखि लगातार विश्वमै वायु प्रदूषणमा एक नम्बरमा रहेको काठमाडौं आज पनि विश्वकै पहिलो स्थानमा छ।
विश्वभरको वायुको गुणस्तर मापन गर्दै आएको ‘एयर क्वालिटी इन्डेक्स’ले बुधबार बिहान सवा ६ गरेको मापनअनुसार काठमाडौँ उपत्यकाका वायु प्रदूषणमा विश्वकै पहिलो स्थानमा देखिएको हो।
यतिबेला वायु प्रदूषणको दृष्टिले भारतको राजधानी दिल्ली विश्वको दोस्रो स्थानमा छ भने युगान्डाको कम्पला तेस्रो स्थानमा छ।
इन्डेक्सका अनुसार अहिले काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई १८४ छ।


