काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कसैले चाहँदैमा अर्को जनयुद्ध नहुने जिकिर गरेका छन् ।
पूर्व प्रधानमन्त्री उनले शनिबार संक्रमणकालीन न्यायसम्बन्धी खिमलाल देवकोटाले लेखेको पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएा हुन् । उनले शान्ति प्रक्रियाको बाँकी काम बहुमतबाट नभई राष्ट्रिय सहमतिबाट टुंग्याउनुपर्ने बताए ।


