काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ले वर्तमान सरकार धेरै अगाडि जाने सम्भावना कम हुँदै गएको दाबी गरेका छन्।
पूर्व प्रधानमन्त्री उनले आइतबार चितवनमा पत्रकारहरुसँग कुराकानीका क्रममा यस्तो जिकिर गरेका हुन् ।
‘सरकारतिर हाम्रो ध्यान छैन्,’ प्रचण्डले भने, ‘तर परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ। त्यसकारण कुनै पनि सम्भावना छ।’


