काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार शिक्षा विधेयकलाई पारित गराउन प्रयासररत रहेको बताएका छन् ।
सोमबारदेखि सुरु भएको विद्यार्थी भर्ना अभियानको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले विद्यार्थी भर्ना अभियानलाई सफल बनाउनका लागि अभिभावक तथा सरोकारवालाको ठूलो भूमिका रहेको बताए । उनले शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियान सफल पार्न सबैलाई आग्रह गरेका छन् ।
उनले शिक्षालाई समृद्धिको एक आधारका रूपमा अघि बढाउने बताएका छन् । गुणस्तरीय र रोजगारमूलक शैक्षिक जनशक्ति उत्पादनमा शिक्षाका सबै अभियन्तालाई लाग्न प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् ।


