काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
बैंकले आज निर्धारण गरेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५४ पैसा छ भने एक युरोको खरिददर १५५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७४ पैसा छ।
त्यस्तै आज पाउन्ड १ को खरिददर १८१ रुपैयाँ १२ पैसा र बिक्रीदर १८१ रुपैयाँ ९१ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १८१ रुपैयाँ २७ पैसा र बिक्रीदर १८२ रुपैयाँ ०७ पैसा थियो।
त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ०९ र बिक्रीदर ८७ रुपैयाँ ४७ पैसा छ।
त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ३२ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ८९ पैसा थियो।


