काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले ११औं महाधिवेशनबाट पनि केपी शर्मा ओली नै अध्यक्षमा दोहोरिने खुलासा गरेका छन् ।
पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलप्रति लक्ष्य गर्दै उपमहासचिव रिमालले अध्यक्ष बन्ने इच्छा राख्न पाइने बताए ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा ११औं महाधिवेशनको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा रिमालले भने, ‘नेकपा एमालेमा अहिले अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा कोही उभिनुपर्ने जरुरी म देख्दिन । छैन, विभिन्न नेताहरूले यो पदमा उठुँ कि त्यो पदमा उठुँ कि भनेर इच्छा व्यक्त गर्नुभएको छु, पाइन्छ त्यो अधिकार हो, इच्छा व्यक्त गर्ने, कमिटीको, बैठकमा पनि मजासँग कुरा राख्नेकुरा राख्ने तर, जे निर्णय हुन्छ त्यसलाई बोकेर हिँड्ने हामीले विधि बनाएका छौं ।’


