काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान विशिष्ट परिस्थितिमा संयमित र एकताबद्ध भएर अगाडि बढ्न आवश्यक रहेको बताएकी छिन् ।
माघी पर्वका अवसरमा थारु कल्याणकारिणी सभाले बिहीबार काठमाडौंको टुँडीखेलमा आयोजना गरेको माघी महोत्सवमा प्रधानमन्त्री कार्कीले मौलिक चाडपर्वले आपसी सम्मान, एकता, सद्भाव र सहअस्तित्व कायम गर्ने भन्दै अहिलेको विशिष्ट परिस्थितिमा अझै संयमित र एकताबद्ध भएर अगाडि बढ्न आवश्यक रहेको बताएकी हुन् ।
सांस्कृतिक पर्वहरूको मर्म आत्मसात् गर्दै समाजमा शान्ति, सहनुभुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सरकार, समुदाय र नागरिक सबैले आ आफ्नो स्थानमा सक्रिय भूमिका खेल्नुपर्नेमा उहाले जोड दिइन् ।


