काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गर्ने बेलामा सचेत हुने सबैलाई आग्रह गरेका छन् । उनले आज ओखलढुङ्गा र उदयपुरमा भएका चुनावी सभामा उपसभापति शर्माले यस्तो बताएका हुन् ।
‘एक अनुभवी प्रधानमन्त्रीले सरकार हाँकेको बेला लोकतन्त्रको गाडी दुर्घटना गराए भनेर सिकारुका हातमा गाडीको स्टेरिङ सुम्पिनु हुन्न,’ उपसभापति शर्माले भने, ‘नयाँ हेर्ने भन्ने नाममा ०६४ को गल्ती देशले दोहोर्याउनुहुन्न, आज देशलाई ०७० को झैँ विवेक चाहिएको छ । आँधी आएको बेला सिकारुले नाउ चलाए फेवातालमा नाउ डुब्न सक्छ भन्ने परिपक्वता हामीले राख्नु छ ।’
उनले अहिले देशलाई अनुभवसँगै ऊर्जा, ऊर्जासँगै नयाँ भिजन, भिजन सँगै टिम स्पिरिट अनि टिम स्पिरिटसँगै संयम भएको नेतृत्व चाहिएको बताए ।


