काठमाडौं । होली पर्व आज तराई मधेशका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ ।
आज कोशी प्रदेशका तराईका जिल्लाहरु, मधेश प्रदेशका ८ जिल्ला, लुम्बिनी प्रदेका जिल्लाहरु र सुदूरपश्चिमका जिल्लाहरुमा होली खेलिँदैछ । झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदैछ ।
मगर, थारू समुदायको बाक्लो बसोबास रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा होली पर्वलाई विशेष महत्वका साथ मनाउने गरिएको छ ।


