काठमाडौं । सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका अभियन्ता दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
प्रसाईंको गिरफ्तारीविरुद्ध परेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो। प्रसाईंका हकमा अधिवक्ता सुरेश बोहराले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गराएका थिए ।
प्रसाईं पछिल्लो समय फागुन १७ गते भक्तपुरबाट पक्राउ परेका थिए । सर्वोच्चले आदेश प्राप्त भएको मितिले २४ घण्टाभित्र लिखित जवाफसहित इजलासमा उपस्थित गराउन भनेको छ


