काठमाडौं । सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार अमरेशकुमार सिंहभन्दा एक हजार ३३ मतान्तरले पछि परेका छन् ।
सिंहले दुई हजार ४७ मत पाएका छन् भने नेपाली कांग्रेसका सभापति गगन थापाले एक हजार ७१४ मत ल्याएका छन् ।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका उमेदवार अमनिशकुमार यादवले ४१० मत प्राप्त गरेका छन् । जनमत पार्टीका उमेदवार राकेशकुमार मिश्र २६ मतसहित चौथो स्थानमा छन् ।


