काठमाडौं । बिहानैदेखि काठमाडौं उपत्यका लगायत देशका धेरै स्थानमा लगातार वर्षा भइरहे पनि आज बेलुकाबाट क्रमशः कम हुँदै जाने जल तथा मौसम विभागले जनाएको छ ।
मौसम महाशाखाले आज दिउँसो जारी गरेको सूचनाअनुसार हाल लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोसी प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। मौसम महाशाखाले अगाडि भनेको छ, ‘यो प्रणाली क्रमशस् पूर्वतिर सर्ने क्रममा छ र उक्त प्रणाली आज बेलुकादेखि क्रमिक रूपमा कमजोर हुँदै जाने सम्भावना छ।’


