काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले सोमबार दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने जानकारी दिए। सरकारले यसअघि १०० दिने कार्यसूची सार्वजनिक गरिसकेको छ । हाल त्यसलाई कार्यान्वयन गर्ने तयारीमा छ । केही कार्यसूचीलाई कार्यान्वयनका लागि अघि बढाइसकेको छ । आजको मन्त्रिपरिषद् बैठकले पनि महत्त्वपूर्ण निर्णय गर्ने सम्भावना छ।
यसअघिका सरकारले पनि हरेक साताको सोमबार र बिहीबार मन्त्रिपरिषद्का बैठक गर्दै आएका थिए।


