काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रदेशमा प्रशासन कार्यालयमा देखिएको समस्या सम्बोधन गर्न मुख्यसचिवलाई निर्देशन दिएका छन् ।
बुधबार प्रधानमन्त्री शाहले मधेस प्रदेशबाट निर्वाचित प्रतिनिधि सभाका सांसदसँग छलफल गरेपछि यस्तो निर्देशन दिएका हुन् ।
सांसदहरूले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाइ समस्याबारे जानकारी गराएका थिए। त्यस्तै, कृषि उत्पादन संकलन गर्ने व्यवस्था गर्नुपर्ने, आद्योगिक करिडोरमा देखिएको वातावरणीय समस्या हल गर्नुपर्नेमा जोड दिएका थिए।


