काठमाडौं । आजबाट प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरू हुँदैछ ।
आज बिहान ११ देखि २ बजेसम्म प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी (मनोनयन) संसद् सचिवालय, सिंहदरबारमा दर्ता गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । ।
साढे २ देखि उम्मेदवारको सूची प्रकाशन गरिने छ । दर्ता भएका प्रस्तावका सूचनालाई आइतबार हुने प्रतिनिधिसभाको बैठकमा प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने तथा सामूहिक छलफलपश्चात् निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका छ । सत्तारुढ दल रास्वपाले आफ्नो पार्टीका उपसभापति डिपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
अन्य राजनीतिक दलले भने हालसम्म आफ्नो पार्टीबाट सभामुखको उम्मेदवार सार्वजनिक गरेका छैनन् । प्रतिनिधिसभामा रास्वपाको झण्डै दुई तिहाई सांसद रहेकोले अर्यालको जित भने सुनिश्चित जस्तै छ ।


