काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनतासँग जोडिन नसकेकै कारण निर्वाचन पराजय बेहोर्नुपरेको टिप्पणी गरेका छन् ।
महासचिव पोखरेलले आज मदन आश्रित स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘जनताको बहुदलीय जनवाद र युवा विषयक’ कार्यक्रममा बोल्दै यस्तो धारणा राखेका हुन् । उनले भने, ‘गत निर्वाचनमा बेहोरेको पराजयको समीक्षा आवश्यक छ । जनतासँग भिजेका भन्दा जनतासँग टुटेका कार्यकर्ताको भरमा चुनावमा जाँदा हामीले पराजय बेहोरेको यथार्थता भुल्नुहुँदैन ।’
पार्टीले जनताका बीचमा जाने शैली परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले जनभावना बुझ्ने र समाजसँग घुलमिल हुने कार्यकर्ता तयार गर्नुपर्ने बताए ।


