काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस देशको मुख्य राजनीतिक शक्ति भएकाले मुलुकलाई संवैधानिक व्यवस्था अनुसार अघि बढाउने जिम्मेवारी पनि कांग्रेसकै भएको बताएका छन् ।
सोमबार काभ्रेको धुलिखेलमा कांग्रेस प्रदेश र स्थानीय तह केन्द्रित बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै थापाले सभापतिको हैसियतले आफूले गर्ने कुनै पनि निर्णयका कारण पार्टीका एकजनाको पनि शिर निहुरिने अवस्था आउन नदिने बताएका छन् ।
उनले जिम्मेवारीमा बसेको कुनै अर्को नेताका कारण पार्टीका कसैलाई पनि समस्या हुने अवस्था आए सहेर नबस्ने स्पष्ट पारे । सभापति थापाले पार्टी सदस्यता अद्यावधिक गर्नै दिन्न भन्ने केही पार्टीका नेताहरूले भनेको कुरा आफूले बुझ्न नसकेको धारणा राखे ।


