काठमाडौँ । आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ ।
बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल जारी रहने सम्भावित कार्यसूची छ । प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो ।
वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यो सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । छलफल सकिएपछि बुधबारको बैठकमा मन्त्री डा। वाग्लेले जवाफ दिने तालिका छ ।


