काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुशासन बिना दिगो आर्थिक वृद्धि सम्भव नहुने स्पष्ट पारेका छन् । उनले सुशासन र मध्यम वर्गको विस्तारलाई सरकारले आफ्नो मुख्य प्राथमिकतामा राखेको बताए ।
आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि राष्ट्रिय सभामा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले सुशासन बिना दिगो आर्थिक वृद्धि सम्भव नहुने स्पष्ट पारे ।
अर्थमन्त्री वाग्लेले राष्ट्र निर्माणको साझा उद्देश्य र गन्तव्य एउटै भएपनि त्यहाँ पुग्ने बाटो र शैलीमा राष्ट्रिय स्वतन्त्र पार्टीको फरक दृष्टिकोण रहेको उल्लेख पनि गरे ।


