काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) अस्पताल भर्ना भएका छन् ।
उनलाई निमोनियाको आशंकामा मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।
स्वास्थ्यमा समस्या भएकै कारण शुक्रबार भएको गणतन्त्र दिवसको समारोहमा पनि प्रचण्ड उपस्थित थिएनन् ।


