काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री कुलमान घिसिङले राजदरबार हत्याकाण्डसँगै मदन भण्डारीदेखि सुशील कोइरालासम्मको मृत्युको छानबिन गर्न माग गरेका छन् ।
उनले आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो माग गरेका हुन् । उनले भने ‘हिजो मात्रै गृहमन्त्रीले राजदरबार हत्याकाण्डको छानबिन गर्छौँ । त्यसको हामी स्वागत गर्छौँ । यो छानबिन एकदमै सजिलो हिसाबले यहाँका केही मान्छेहरूलाई राखेर अझ त्यसलाई छुट दिने हिसाबले छानबिन गरियो भने यसको कुनै अर्थ छैन ।’
दरबार हत्याकाण्डमा राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको पनि भूमिका रहेको भन्दै अन्तर्राष्ट्रिय विज्ञलाई पनि राखेर छानबिन गर्नुपर्ने बताए ।


