काठमाडौं । सर्वोच्चले एसईईमा जफत गरिएका मोबाइल र डाटा नष्ट नगर्न आदेश दिएको छ ।
बुधबार सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विद्यार्थी र युवा कानुन व्यवसायीले दिएको रिटमाथि बहस सकिएपछि उक्त आदेश जारी गरेको हो ।
“यसमा निवेदकले अन्तरिम आदेश समेत माग गरेको सम्बन्धमा विचार गर्दा सुविधा र सन्तुलनको दृष्टिले प्रस्तुत निवेदनको अन्तिम टुंगो नलागेसम्म जिल्ला प्रशासन कार्यालय सिराहाको मिति २०८२/०१/१३ को सूचनामा उल्लेख भएको परीक्षा हलभित्र भेटिएका मोबाइल र सोको डाटा जफत गरी नष्ट गर्ने कार्य नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ । आदेशको जानकारी प्रत्यर्थीलाई दिनू,” अन्तरिम आदेशमा भनिएको छ ।


