काठमाडौं । कांग्रेस सस्थापनइतर समूहले पार्टी एकताका लागि सभापति गगन थापाले गम्भीर रुपले पहल नै नगरेको टिप्पणी गरेका छन् । पार्टीको बृहत्तर एकतामा जोड दिएका छन् ।
शेरबहादुर देउवा पक्षीय नेता प्रकाशशरण महतले बाँसबारीस्थित निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थापन पक्षबाट पहल हुन नसक्दा उर्जा नथपिएको र कांग्रेसीजन विचलित भएको बताए ।
अहिलेको सबैभन्दा ठूलो आवश्यकता भनेको पार्टीको बृहत्तर एकता हो। त्यो बृहत्तर एकता भएन भने नेपाली जनताको सबैभन्दा भरपर्दो र लोकप्रिय पार्टीका रूपमा कांग्रेसलाई पुनःस्थापित गर्ने हाम्रो अभियान कमजोर हुन्छ। त्यसैले अहिले प्राविधिक रूपमा आधिकारिकता प्राप्त गर्नुभएका गगनजीहरू (वर्तमान नेतृत्व) बाट एकताका लागि गम्भीर पहल हुन जरुरी छ।


