काठमाडौं । काठमाडौंको माइतीघरमा रवि समर्थकले प्रदर्शन गरेका छन् । शुुक्रबार सर्वोच्च अदालतले रवि लामेछानेको सांसद पद खारेज गरेपछि उनीहरुले प्रदर्शन गरेका हुन् ।
देश बनाउने अभियानमा लागेका कारण ‘लामिछानेलाई फसाइएको’ उनीहरूको आरोप छ । प्रदर्शनकारीले प्रशासनको विरोधमा समेत नाराबाजी गरेका थिए ।
सर्वोच्चको संवैधानिक इजलासले शुक्रबार नागरिकतासम्बन्धी मुद्दामा उनी सांसद पदमा रहन अयोग्य रहेको आदेश गरेको थियो ।


