काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरेपश्चात् यही माघ २३ गतेदेखि सर्वसाधारणको लागि प्रतिकित्ता एक सय अंकीत दरमा चार लाख १५ हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासनका बिक्री खुला गर्ने भएको हो ।
कम्पनीले आफ्नो जारी पुँजी ५० करोडको १० प्रतिशतले हुने पाँच करोड मूल्य बराबरको कूल पाँच लाख कित्ता साधारण शेयरमध्ये ५० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, २५ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको र १० हजार कित्ता कर्मचारीलाई छुट्याइ बाँकी चार लाख १५ हजार कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ ।


