काठमाडौं । शुक्रबार पनि नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको छ ।
बुधवार र बिहिवार बिहान प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताका कारण स्थगित भएको बैठक पुनः आज बस्ने भएको हो।
समसामायिक राजनीति, राष्ट्रपति निर्वाचन, गृहमन्त्री चयन देखी पार्टीका स्थायी र पोलिटब्युरो सदस्यको केन्द्रिय विभागको कार्यविभाजनका लागि बसेको बैठकले एक हप्ता नाघिसक्दा पनि कुनै निष्कर्ष निकाल्न सकेको छैन ।


