काठमाडौं । निर्वाचन आयोगले आगामी १० वैशाखमा हुन गइरहेको उपनिर्वाचनका लागि राजनीतिक दललाई दर्ताका लागि आव्हान गरेको छ ।
आयोगले आज एक सूचना जारी गर्दै यस्तो आह्वान गरेको हो । प्रतिनिधिसभाका तत्कालीन सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिए रिक्त रहेको चितवन–२ मा १० वैशाखमा उपनिर्वाचन हुने भएको छ । आयोगका अनुसार १० फागुन देखी १६ फागुनसम्म दल दर्ता गरिसक्नु पर्नेछ ।
‘नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्वन्धि ऐन २९७३ को दफा ४ बमोजिम संबत २०७९ फागुन १० देखी फागुन १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ काठमाडौंस्थित कार्यालयमा दर्ताका लागि यो निवेदन सूचित गरिन्छ,’ आयोगद्वारा जारी सूचनामा भनिएको छ।


