काठमाडौं । पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघबाट बागी उठेका सुशील विष्ट निर्वाचित भएका छन्।
मतगणनाको परिणामअनुसार विष्ट ८४१ मत ल्याउँदै विजयी भए। उनका प्रतिस्पर्धी अनेरास्ववियुका उम्मेदवार सुरेश जिसीले ६७२ मत पाए ।
नेविसंघका इकाइ उपाध्यक्षसमेत रहेका विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए। पाटनमा नेविसंघकै आन्तरिक विवादका कारण चैत ५ गतेका लागि तय भएको निर्वाचन रोकिएको थियो। केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले पाटनको स्ववियु सभापतिका लागि सुरूमा विष्टलाई नै टिकट दिएका थिए।


