काठमाडौं । आसन्न निर्वाचनलाई मध्यनजर गर्दे देश दौडाहमा लागेका नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज लमजुङ जाँदै छन्।
उनी लमजुङ जिल्लाको क्व्होलासोँथर गाउँपालिका–३ स्थित स्मार्टभिलेज घलेगाउँलाई सुखी गाउँ घोषणा गर्ने कार्यक्रमका लागि ओली आज बिहान ११ बजे लमजुङ जान लागेका हुन्।
घलेगाउँ आन्तरिक र विदेशी पर्यटकको लागि प्रसिद्ध एक नमुना गाउँ हो। गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशलगायत निकायले उत्कृष्ट होमस्टेको श्रेणीमा राखेको घलेगाउँ दुईपल्ट दक्षिण एसियाकै नमुना गाउँ घोषित भइसकेको छ। घलेगाउँका १ सय ३५ घरमध्ये हाल ४२ घरमा होमस्टे सञ्चालन गरिएको छ।