काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दै छ। बैठक आज दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने तय भएको छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ।
यस्तै, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आ.व. २०७९/८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा वक्तव्य दिनेछन्।


