काठमाडौं । आज प्रदेश १ सरकारले प्रदेशसभामा आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ। बुधबार दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम पेश गर्न लागिएको हो ।
बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।
प्रदेश १ सरकारले कृषि, पर्यटन, पूर्वाधार, उद्योगलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन लागेको छ।