काठमाडौं । यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मौन अवधि आज मध्यरातिदेखि सुरु हुँदैछ। निर्वाचनमा उम्मेदवार बनेकाहरुले आज राति १२ बजेसम्म मात्रै चुनावको प्रचारप्रसार गर्न पाउने छन्।
३० वैशाखमा देशभरका सात सय ५३ स्थानीय तहमा एकसाथ हुने निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ। मतदान नसकिएसम्म मौन अवधि कायम रहने छ।
मौन अवधि सुरु हुनै लाग्दा निर्वाचन आयोगले सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता विपरीतका पोस्ट हटाउन र नयाँ पोस्ट नगर्न निर्देशन दिएको छ।
आयोगका प्रवक्ता शालिग्राम पौडेललेका अनुसार यसका लागि आवश्यक निर्देशन दिन र नियमन गर्न आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेको छ।