काठमाडौं । आज (विहीबार) प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे संसद् भवन नयाँबानेश्वरमा बस्दै छ ।
आजको बैठकमा
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन, राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुष्ठान प्रतिष्ठान विधेयक, २०७६ र लोकसेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यसैगरी वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले ‘ग्लोबल ग्रिन ग्रोथ इस्टिच्युटको सहभागितामूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौता पेस गर्ने कार्यसूची संसद सचिवालयले जनाएको छ ।


