काठमाडौं , नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले फेरि जनयुद्ध थाल्ने भए आफू हामफाल्न तयार रहेको बताएका छन्।
सपनाको पाण्डुलिपि गीति संग्रह विमोचनका क्रममा शुक्रबार काठमाडौंमा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।
उनले विश्वका कयौँ देशमा कम्युनिष्ट आन्दोलन र युद्धहरू पराजित भइरहँदा नेपालमा आफ्नो नेतृत्वमा यति ठूलो उपलब्धि गर्न सफल भएको बताए। विश्वमा आन्दोलनहरु करिब करिब कतिपय ठाउँमा पराजित भएका थिए। नेपालमा अहिलेका उपलब्धी हाम्रै बलमा भएका हुन्ु, उनले भने,तर जनयुद्धका नाममा हामी सधैँ लडिरहने हो भने हाम्रो पनि हालत खस्ता नै हुन्छ भन्ने देखेपछि हामी शान्ति प्रक्रियामा आएका हौँ। नायक भन्ने मान्छेले नै परिस्थिति अनुकूल छैन है भन्ने निचोड निकालेकै हो।
अध्यक्ष दाहालले देशमा फेरि एउटा जनयुद्ध चाहिएको बताए। ुफेरि एउटा जनयुद्ध सुरु गर्ने हो भने म त हामफाल्न तयार छु। तर अहिले नै हतियार बोक्ने र भूमिगत हुने भनेको छैनु, उनले भने, प्रतिक्रियावादीले यसैगरी घेरा हाल्ने हो भने दलाल पुँजीपतिका निर्वाचन प्रणाली र शासकीय स्वरुप उल्ट्याउन सकिन्छ। हाम्रो आह्वानमा पुस ५ को कदमविरुद्ध जस्तै मानिसलाई सडकमा उतारे व्यवस्था परिवर्तन गर्न सकिन्छ।
उनले माओवादी आन्दोलन चुकेको विषयमा समीक्षा हुनुपर्ने पनि बताए। मैले आजकाल भनेको सुन्नु भएको छ नि तपाईंहरुले, आत्मसमीक्षा गर्न जरुरी छ। कहाँ कहाँ त्रुटी भयो खोजौँ म पनि समीक्षा गर्छुु,
उनले एमाले एकताबाट केपी शर्मा ओलीदेखि आफूले ज्ञान पाएको दोहोर्याए। ओलीसँगको एकताले ज्ञान पाएँ।