काठमाडौं । रवि लामिछानेले आफूलाई गृहमन्त्री पुनः नियुक्त गर्न माग गरेका छन् । उनले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भएको भेटवार्ताका क्रममा यस्तो अनुरोध गरेका हुन् ।
आइतबार साँझ साढे ७ बजे बालुवाटार पुगेका लामिछानेले दलको नेतृत्वमा रहेकाले सरकारमा पनि आफ्नै कमाण्ड हुनुपर्ने बताएको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ।
नागरिकताको मुद्दा मिलेको बताउँदै उनले केही दिनमै राहदानीको विषय पनि सल्ट्याउने विश्वास दिएर प्रधानमन्त्री प्रचण्डलाई आश्वस्त तुल्याउन खोजेका छन्।
‘उहाँको कुरा प्रधानमन्त्रीसँग उपप्रधान एवम् गृहमन्त्री नै बनाइदिनु पर्यो, नत्र पार्टीमा अप्ठ्यारो पर्छ भन्ने थियो, प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ु६ महिनापछि उपनिर्वाचन जितेरै आउँछु, अहिलेलाई पुरानै भूमिका दिनुस्।’


